काठमाडाैं: भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध जेन-जी पुस्ताका युवाहरु सडकमा आएका छन्। भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी पुस्ताले विरोध थालेका हुन्।

अहिले माइतीघरमा उपस्थित हुँदै जेन जी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन्।
जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले केपी तेरो पाराले दुख पायो साराले, नालायक सरकार मुर्दावादजस्ता नाराहरु लगाइरहेका छन्।
यसैबीच जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घुसपैठ भएको भन्दै प्रदर्शनमा आएका युवाहरूले एक जनालाई हातपात गरेपछि प्रहरीले ती युवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानतर्फ लगेको हो ।