पशुपतिमा हुने कोटी होमको पुर्बसन्ध्यामा बृहत् ट्याक्सी र्‍याली भब्य रुपमा सम्पन्न

काठमाडौँ: पशुपतिस्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम महायज्ञको प्रचार प्रसारका लागि गरिएको बृहत् ट्याक्सी र्‍याली भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा हजारौको संख्यामा ट्याक्सीहरु उपस्थित थिए।

सोमबार काठमाडौंको गौशालामा मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने कोटी होम महायज्ञको प्रचारका लागि बृहत् ट्याक्सी र्‍याली आयोजना गरिएको हो ।

मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको आयोजकहरूले जनाएको छ ।

महायज्ञ अवधिभर जगद्गुरु, साधु, सन्त, महन्तका साथै ख्यातिप्राप्त कथा वाचकहरूबाट आशीर्वचन तथा कथा प्रवचन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल