राप्रपा भक्तपुर जिल्ला अध्यक्षमा कार्की निर्वाचित

भक्तपुर, जेठ १८: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुर जिल्ला अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन। जेठ १६ गतेबाट सुरु भएको ९ औ जिल्ला अधिवेसनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन्। कार्कीले १९५ मत ल्याएर प्रतिद्वन्दी रामशरण लामिछानेलाई पराजित गरेका छन। पुर्ब जिल्ला अध्यक्ष समेत रहेका रामशरण लामिछानेले भने ९२ मत प्राप्त गरेका छन। राप्रपा भक्तपुरको ३२७ जना प्रतिनिधिमध्ये ३०० प्रतिनिधिले मात्र मतदान गरेका छन।

त्यस्तै २४ सदस्य निर्वाचित भएका छन। अब जिल्लाको पहिलो बैठकले उपाध्यक्ष- १ कोषाध्यक्ष- १ सचिब- १ र ३ जना सदस्य मनोनित गरि ३१ जनाको जिल्ला कार्यसमिति बनाउने निर्वाचन कमिटिले जनाएको छ।

१६ गते भएको भएको अधिवेसन उद्घाटनमा पार्टीका सहमहामन्त्री तथा जिल्ला संयोजक रबिन्द्रप्रताप शाहले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएपनि सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रणालीबाट नेतृत्व चयन भएको हो। नेतृत्व चयनका लागि आज मतदान भएको हो। भक्तपुरमा बिबादका कारण लामो समयदेखि नेतृत्व चयन हुन सकेको थिएन।

 

 

 

 

सम्बन्धित शीर्षकहरु

राशिफल