मन्त्रि खानको उपस्थितिमा मानव सेवा फाउण्डेसनले गर्याे पशुपतिक्षेत्रमा वृहत सरसफाई कार्यक्रम

काठमाडौँ: स्वास्थ्य राज्यमन्त्री हसिना खानको उपस्थितिमा आज पशुुुपति क्षेत्रमा बृहत सरसफाई कार्यक्रम गरिएको छ। सामाजिक,धार्मिक तथा वातावरणीय स्वास्थ्यको क्षेत्रमा अतुलनिय कार्य गर्दै आएको श्री मानव सेवा फाउण्डेसनले शुक्रबार (आज) पशुपति क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।

बृहत सरसफाई कार्यक्रममा लम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) की नेत्री खान, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, आमा समूह तथा फाउण्डेसनका सदस्य र अन्य सामाजिक तथा धार्मिक संघसस्थामा आवद्ध रहेका व्यक्तिहरु गरि करिब ३ सय बढी व्यक्तिहरुको सहभागितामा पशुपति सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

फाउण्डेसनको आयोजनामा आगामी श्रावण महिनामा आयोजना हुन लागेको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको पूर्वसन्ध्याको अवसरमा पशुपति क्षेत्र सरसफाई कार्यक्रमको आयोजना गरिएको मानव सेवा फाउण्डेसनका व्यबस्थापक विष्णु कुमार थापाले जानकारी दिएका छन ।

सरसफाई कार्यक्रम वनकाली हंसमण्डप, पशुपति मन्दिर परिसर, कैलाश पर्वत क्षेत्र, सुमार्गी भवनको क्षेत्र लगायको क्षेत्रमा गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

राशिफल