काठमाडौ, अुार २२- अभिनेता अक्षय कुमारको नयाँ फिल्म बेलबटमको सुटिङ सुरु हुने भएको छ । लकडाउनका कारण रोकिएका बलिउड चलचित्रहरु धमाधम सुरु हुन लागेका छन् । त्यस्तै अभिनेता अक्षय कुमारको नयाँ फिल्म बेलबटम सुटिङ युकेमा शुरु हुने भारतिय मिडियाले जनाएको छ ।
सुटिङको लागि अभिनेता, निर्माता र निर्देशक युके जान तयारी भएको अक्षयले सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै जानकारी दिएका हुन् । २०२१ को अप्रिल २ मा रिलिज हुने यस चलचित्रमा ज्याकी भगनानी र वासु भगनानीको निर्माण रहने छ । त्यस्तैगरी चलचित्रमा अक्षयका अवला , वाणी कपुर लगायतका चर्चित कलाकानरको अभिनय रहने छ ।