काठमाडौँ: ब्लड क्यान्सर पिडित बिज्ञान बुढामगरले एसइइ परिक्षामा ३.७५ जिपिए (ए प्लस) नतिजा ल्याएर उतिर्ण भएका छन। काठमाडौं पानीपोखरी स्थित भानुभक्त मेमोरियल विद्यालयबाट उनले एसइइमा राम्रो नतिजा हासिल गरेका हुन्।
बिगत दुई महिनादेखि उनको भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ।