भारतका शंकराचार्य किन आउदैहुनुहुन्छ पशुपतिमा?

ललितपुर: आगामी श्रावण महिनाभर पशुपतिनाथ क्षेत्रमा सञ्चालन हुन लागेको ऐतिहासिक श्री पशुपतिनाथ कोटीहोम महायज्ञ एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्दजी महाराज आउनुहुने भएको छ ।

 

नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो र बृहत् यस कोटिहोम महायज्ञमा भारतबाट शंकराचार्य स्वामी आउने निश्चित भएको सो बृहत कोटिहोम महायज्ञको आयोजक संस्था मानव सेवा फाउण्डेसनले जनाएको छ ।

सो फाउन्डेसनका व्यवस्थापक विजय केसीले भारतबाट ज्योतिष पीठाधिश्वर अनन्त श्री विभूषित शंकराचार्य स्वामी अविमुक्तेस्वरानन्दजी महाराज आउनुहुने निश्चित भएको जानकारी दिनुभएको हो । नेपालमा अहिलेसम्मकै बृहत रुपमा आयोजना हुन लागेको भनिएको यस कोटिहोम महायज्ञको तयारी व्यापक रुपमा भएको बताइएको छ ।

यस महायज्ञको प्रचार प्रसार पनि अहिले देश तथा विदेशमा भइरहेको महायज्ञका आयोजकले जनाएका छन् । ललितपुरको बाँडेगाउँमा रहेको मामाघर आश्रम र भक्तपुरको ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ यस कोटीहोम महायज्ञको आयोजना गरिएको हो ।

 

सम्बन्धित शीर्षकहरु

राशिफल