१६ बर्षे बिज्ञानलाई ब्लड क्यान्सर, स्वास्थ्य उपचारका लागि सहयोगको याचना

काठमाडौँ: काठमाडौं पानीपोखरी स्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययनरत १६ बर्षे बिज्ञान बुढामगरलाई प्राणघातक रोग क्यान्सर लागेपछि परिवारले उनको स्वास्थ्यउपचारको लागि सहयोगको याचना गरेका छन। हाल उनको भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा उपचार भइरहेको छ।

बिज्ञान बुढामगरको बुबाले लेखेका यो भावुक याचना जस्ताको तस्तै:

खै कसरी बर्णन गरौं हाम्रो जीवनको सबैभन्दा भयभीत र कहाली लाग्दो नयाँ मोडका बारेमा? हर हमेशा आफ्ना शुभचिन्तक तथा आफन्तलाई सामाजिक संजालका विभिन्न माध्यामहरु मार्फत मनोरन्जन तथा रमाईलो दिलाउन प्रयास गर्ने मान्छे म, आज आफ्नै जीवनको खुसीमा एक्कासी बज्रपात आईलागेको पत्तै भएन।

काठमाडौं पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययनरत हाल SEE परीक्षा दिई (A+) नतिजा आउने आशा सहितको पर्खाइमा रहेको हाम्रो १६ बर्षे सुपुत्र “विज्ञान बुढामगर” को स्वास्थ्यमा केही समस्या देखिदा काठमाडौंका टिचिङ्ग हस्पिटल, मेडिसिटी हस्पिटल, नर्भिक हस्पिटल, मेरिडियन हस्पिटल, नेपाल प्रहरी हस्पिटल, चिरायु हस्पिटल लगाएतका विभिन्न हस्पिटलमा चेकजाँच पश्चात रिपोर्टमा थोरै शंकास्पद देखिएपछि चिकित्सक तथा आफन्तको सल्लाह बमोजिम भारतको नयाँ दिल्ली स्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा चेकजाँच गरायौं।

रिपोर्ट नआउन्जेल दुई हप्ता दिल्लीका बिभिन्न स्थान घुमेर बितायौ।आशा थियो सबै रिपोर्टहरु सकारात्मक आउनेछन।करिब २ हप्ताको पर्खाइ पश्चात हस्पिटलबाट प्राप्त नतिजा अनुसार High Grade B Cell Lymphoma (Blood Cancer)जस्तो प्राणघातक रोगले हाम्रो उत्तराधिकारी सुपुत्रलाई आक्रमण गरिसकेछ।

यो खबर प्राप्त गर्न बित्तिकै हामी स्तब्ध भयौ,चैत बैशाखमा नयाँ दिल्लीको तातो खडेरीमा एकाएक साउन/भदौको भेल झैं हाम्रा आँखा आँसुले छछल्किए,ओठमुख पुरै पट्ट सुके, आफुले टेकेको धर्ती भासिए झै भयो,दिउँसै रात परे झै भयो, चिटचिट पसिना आए बल्लतल्ल बुढाबुढीले एकअर्कालाई सम्हाल्यौ। जवान हुँदै गर्दाको छोरो प्राणघातक रोग संग लड्दै गर्दा यस्तो अवस्थाको यो खबरले हाम्रा,आफन्त,साथीभाई तथा शुभचिन्तक लाई समेत सुनाएर थप पीडा दिन चाहन्न थियौं ।

यद्यपि यो रोगको उपचारका लागि हस्पिटलले दिएको लागत उपचार खर्च हाम्रो आर्थिक अवस्था भन्दा कैंयौ गुणा बढी छ,हामी सङ्ग भएको जायजेथा सम्पती सबै जोड्दा समेत उपचारको कूल खर्चको एकचौथाई पनि नभेट्ने अवस्था देखिएकाले सक्दो सहयोगका लागि देश तथा बिदेश सबैतिर रहनुहुने सम्पूर्ण ब्यक्ति, संघ,संस्था,पत्रकार,आफन्त, साथीभाई,ईष्टमित्र,समाजसेवी, राजनैतिक दल, कर्मचारी वर्गमा आफ्नो सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपील गर्दछौ ।
डाक्टरको सल्लाहबमोजिम तुरुन्तै भर्ना गराइ उपचाररत छौं ।

छोरा विज्ञान,
हाम्रो शरीरमा एकथोपा मात्र रक्तकोष रहुन्जेल सम्म पनि तिम्रो उपचारमा कमी आउन दिने छैनौ।आशा छ तिमीले प्राणघातक क्यान्सर जितेर बा आमा, आफन्त तथा शुभचिन्तकका मुहारमा खुसी फर्काउने छौ ।
सहयोग तथा सम्पर्क:-
================
बिरामीको नाम:- बिज्ञान बुढामगर
उमेर:- १६ बर्ष
आमाको नाम :- सुनिता पुन (बुढा)
फोन नं. 9848085146 (Whats app)
फोन नम्बर:- 00918586841480( India )
बैंकको नाम :- कृषि बिकास बैंक
खाता नं. 0210101193111010
खातावालाको नाम : Sunita pun budha
शाखा कार्यालय : ठमेल
बुबाको नाम:- खिम बहादुर बुढा
फोन नं:- 9848061736(Whats app)
नेपालको ठेगाना:-
स्थायी : चौरजहारी नगरपालिका-५,खहरे,रुकुम पश्चिम, कर्णाली प्रदेश, नेपाल ।
अस्थायी : काठमाडौ , बाग्मती प्रदेश ।
हाल उपचारार्थ हस्पिटलको नाम ठेगाना:-
– राजिव गान्धी क्यान्सर हस्पिटल
रोहिणी पश्चिम, सेक्टर -5,नयाँ दिल्ली भारत ।
(पुनश्च:- यस पोष्टलाई धेरै भन्दा धेरै ग्रुपमा शेएर गरिदिनु भइ सहयोग गरिदिनु भएमा आभारी हुनेछौ ।)

सम्बन्धित शीर्षकहरु

राशिफल