पुर्ववडाध्यक्ष नै रास्वपा प्रवेश, बस्नेत कार्यकर्ताको जयजयकार अभियान

भक्तपुर-२ मा कांग्रेस एमाले पत्तासाफ हुने संकेत

भक्तपुर: सुर्यविनायक नगरपालिका वडा नम्बर ९ का पुर्ववडाध्यक्ष उपेन्द्र केसी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि वडा यतिबेला तरंगित भएको छ। पत्रकार समेत रहेका केसीले जेठ ५ गते अनलाइन सदस्यता लिइ रास्वपा प्रवेश गरेका हुन् ।

नेकपा एमालेका नेता केसीले गत स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भगवान खत्रीसंग पराजय भोगेका थिए। उनको पराजयमा एमालेका केन्द्रिय नेता देखि स्थानीय नेताहरुसमेत हात धोएर लागिपरेको उनी निकट स्थानीयहरु बताउछन। यतिबेला एमालेका कार्यकर्ता केसीबिरुद्ध सामाजिक संजालमा खनिएका छन। केसीको रास्वपा प्रवेशले कांग्रेसका स्थानिय नेता कार्यकर्तालाई समेत शसंकित बनाएको छ।

केसी भने एमालेसंग कुनै गुनासो नभएको बताउछन। इन्द्रेणी खबरसंग कुरा गर्दै केसीले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेकोले जनताको अवस्था परिवर्तन गर्न रास्वपा प्रवेश गरेको बताए ।

उनले भने, “लोकतन्त्र आएपनि मुलुक आर्थिक रुपले झन् उधोगतितर्फ गयो। यसको प्रमुख कारण भ्रस्टाचार र बेतिथी नै हो। यसको बिरोधमा शुसासनको एजेण्डा रास्वपाले बोकेको कारण रास्वपा रोजेको हु। बर्तमान नेतृत्व शैलीप्रति आम जनता र कार्यकर्ता पंक्तिमा चर्को असन्तुष्टि छ। नेकपा एमालेका धेरै साथीहरु हामि पनि आउछौ भन्नुभएको छ। यसले रास्वपाप्रति जनताको आकर्षण प्रष्ट देखाउछ।”

वडामा स्वतन्त्र, एमाले, कांग्रेस र राप्रपाका नेताहरु पनि धमाधम रास्वपाको सदस्यता लिइरहेका छन। पछिल्लो समय एमाले नेता महेश बस्नेत रास्वपा र बिशेष गरि रबि लामिछानेको बिरोधमा दह्रो खरो रुपले प्रस्तुत हुनुमा पनि भक्तपुरका एमाले नेता कार्यकर्ताको रास्वपा तर्फको आकर्षण नै प्रमुख कारण रहेको स्वयं रास्वपाका नेताहरु बताउछन। एमाले नेता बस्नेत मात्र होइन नयाँ शक्तिको उदय र लोकप्रियता बढ्दै गर्दा महेश बस्नेतका कार्यकर्ता यतिबेला सामाजिक संजाल फेसबुकमा १६ बुदे जयजयकारसहित रबि लामिछाने समर्थकको भद्दा नक्कल गर्दै “गुड लक महेश दाई” अभियान नै चलाइरहेका छन।

कांग्रेसको कार्यशैलीलाई लिएर पनि धेरै स्थानिय असन्तुष्ट छन। कांग्रेसकै कट्टर कार्यकर्ता समेत यतिबेला पार्टीमै रहेपनि चुनाबमा भोट त घन्टीलाई नै दिने बताउछन। क्षेत्र नम्बर २ बाट निर्वाचित संसद दुर्लभ थापाको निस्क्रियपनदेखी वाक्क बनेका जनता फेरी पनि बैकल्पिक शक्तिको आकर्षणमा परेका छन।

“आर्टिफिसियल इण्टीलेजेंस” को युगमा जनप्रतिनिधिको परम्परागत कार्यशैली र पुरानै प्रबृत्तिको कारण वडा तहदेखी केन्द्रसम्म जनताले नयाँ खोजिरहेका छन। जनतालाई प्रत्यक्ष अनुभूत हुने गरि काम गर्न नसके वडा देखी केन्द्रसम्म नयाँ शक्तिको रुपमा उदाउदै गरेको दलहरुले पुराना दललाई धेरै पछाडी पार्ने स्पष्ट देखिन्छ।

सम्बन्धित शीर्षकहरु

राशिफल