काठमाडौँ, साउन १५ । प्रख्यात राम कथावाचिका चन्द्रकला सखीले पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्ने भएकी छन् । आयोजक मानव सेवा फाउण्डेसनका अनुसार भोलि बुधबारदेखि उनले कथा प्रबचन गर्ने कार्यक्रम रहेको छ। आज बेलुकी ४:०० बजे लण्डनबाट आएकी राम कथावाचिका सखीलाई हंस मण्डप, पशुपति परिसरमा भब्य स्वागत गरिएको छ।
कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो।