३८औँ वीपी कोइराला स्मृति दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

भक्तपुर: ३८औँ वीपी कोइराला स्मृति दिवसका अवसरमा मंगलबार नेपाल तरुण दल भक्तपुर सूर्यविनायक नगर कार्यसमिति वडा नम्बर ९ ले काभ्रे र भक्तपुरको सिमाना नजिकैको सरकारी जंगलमा वृक्षारोपण गरेको छ।

कार्यक्रममा सूर्यविनायक नगर वडा नम्बर ९ का अध्यक्ष भगवान केसी, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा लगायतका नेता तथा कार्यकर्ताहरूको व्यापक सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै सूर्यविनायक नगर वडा नम्बर ९ का अध्यक्ष भगवान केसीले बन संरक्षण आजको आवश्यकता रहेको बताउनुभयो । वृक्षारोपणको कार्यक्रमलाई प्राथमिकतामा राख्दै पर्यावरण प्रबर्दन का लागि तरुण दल सदैब अगाडी बढ्ने अध्यक्ष केसीले प्रतिबद्दता जनाउनुभयो। अध्यक्ष केसी बिभिन्न सामाजिक कार्यक्रममा अग्रसर हुनुहुन्छ।

कार्यक्रममा विभिन्न जातका विरुवाहरू कांग्रेस नेता सहित तरुणहरूले रोपेका थिए ।

सम्बन्धित शीर्षकहरु

राशिफल