सुनको मूल्य प्रतितोला ९०० ले बढ्यो

काठमाडौँ, २० जेठ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९८ हजार ५०० तोकिएको छ ।

अघिल्लो दिन पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले बढेर रु एक हजार २९० पुगेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६७ डलर आसपास कारोबार भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट