यदि कुकुर पाल्न चाहानुहुन्छ भने यी कुरामा ध्यान दिनुस्

केही मानिसहरू कुकुर पाल्छन् किनभने उनीहरूलाई कुकुर निकै मन पर्छन् । कुकुर निकै मायालु र आज्ञाकारि हुन्छ । यसैगरि धेरै मानिसले कुकुरलाई आफ्नो घरको रक्षाका लागि पनि पाल्छन् । सहर देखि दुर्गम गाउँसम्मका मानिसले कुकुर पालिरहेका छन । कुकुर विभिन्न जातका हुन्छन्, जसमध्ये मानिसहरूले आफ्नो रुचि – रहर अनुसार छनोट गर्छन् ।
यदि घरमा कुकुर पाल्ने योजनामा ​​हुनुहुन्छ वा ल्याउनुभएको छ भने केहि चीजहरूको विशेष ख्याल राख्नुपर्छ। यो कुरा किन पनि महत्त्वपूर्ण छ भने यदि यी चीजहरूको ख्याल गरिएन भने पछि समस्यामा पर्न सकिन्छ ।

कुकुर पाल्दा ध्यान दिनुहोस् यी कुराहरु

पूर्ण जानकारि लिने

यदि घरमा कुकुर ल्याउदै हुनुहुन्छ भने त्यसका बारेमा पूर्ण जानकारी लिनुपर्छ । जस्तो उसले के खान्छ, उसको व्यवहार कस्तो छ, उसले कसैलाई टोकेको छ – छैन, खोप लगाइएको छ कि छैन , कुकुर बिरामी छ- छैन आदि । यदि यी कुराहरु थाहा छैन भने पछि समस्या हुन सक्छ। ठूलो कुकुर ल्याउँदा यी कुराहरू जान्न महत्त्वपूर्ण छ। कुकुर घरमा ल्याउँ त्यसको जात र उक्त जातको बिशेषता अनि त्यो जातको रेखदेखमा अपनाउनु पर्ने बिशेष कुराहरु पनि जानिरहनु पर्छ ।

खोप आवश्यक छ

यदि तपाईंले घरमा कुकुर ल्याउनुभएको छ भने उसलाई खोप लगाइएको छ – छैन सुनिश्चित हुनुपर्छ। अहिले सातवटा खोपमा कोरोना भ्याक्सिन मिसाएर दिइन्छ । यो घरका मानिसहरूको सुरक्षाका लागि पनि महत्त्वपूर्ण कुरा हो ।

खानपानमा ध्यान

जब कसैलाई आफ्नो जीवनमा ल्याइन्छ, तब उसको पूर्ण हेरचाह गर्नु जिम्मेवारी बन्नपुग्छ । त्यसैले कुकुरको खानपानमा विशेष ध्यान दिनुपर्छ । कुकुरलाई मानिसले खाने सबै कुरा ख्वाउनु हुँदैन । यसका लागि चिकित्सकको सल्लाह लिन सकिन्छ । हामिले खाने कतिपय कुराले कुकुरहरु बिरामी पर्ने हुन्छन् ।

बाँध्ने बानी बसाल्ने

आफ्नो कुकुरलाई सानो छँदा जुन बानीहरू लगाइन्छ, त्यसले ठूलो भएपछि पनि त्यही बानी अपनाउनेछ। उदाहरणका लागि उसलाई बाल्यकालदेखि नै केही समय बाँध्ने ताकि ऊ ठूलो भएपछि बाँध्न कुनै समस्या नहोस् र घरमा पाहुना वा छिमेकी आउँदा डराउनु नपरोस्।

घुमाउँदा सावधानी

यदि कुकुरलाई पार्कमा वा बाहिर कतै घुम्न लादै हुनुहुन्छ भने विशेष ख्याल गर्नुपर्छ । उसको साङ्लो छोड्नु हुँदैन अन्यथा धेरै कुकुरले उसमाथि आक्रमण गर्नसक्छन । यस्तो बेला साथमा लठ्ठी पनि बोक्नुपर्छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट