पुजा गर्दा किन दियो बालिन्छ ?

हिन्दू धर्ममा देवी-देवताको नियमित पूजाको विशेष महत्त्व छ। बिहानै घर-घरमा देवी-देवताको पूजा गरिन्छ । यसरि पुजा गर्ने क्रममा उनीहरुको अगाडि घिउ व तेलको दियो बालिन्छ । बिहानको पूजासँगै साँझ तुलसीको बोटको छेउमा पनि दियो बालिन्छ । कतिपयले आफ्नो घरको मुख्य ढोका अगाडि दिनहुँ दियो बाल्ने गरेका छन् । बत्ती बनाउन पनि तेलको प्रयोग गरिन्छ तर घिउको प्रयोग बढी हुन्छ । यसको पछाडि एउटा विशेष कारण छ ।

घिउको बत्ती बाल्नुको कारण

देवताहरूको अगाडि दीप बाले उनिहरु खुसी हुन्छन्। यसका साथै घरमा दियो बाल्दा सकारात्मक उर्जा आउँछ र वातावरण शुद्ध हुन्छ । साँझ घ्यूको दियो बाल्दा घरमा लक्ष्मीको वास हुन्छ र वास्तु दोष हट्छ। घरमा पूजा गर्दा घिउ र तेल मध्ये कुनै पनि प्रयोग गर्न सकिन्छ । तर दुबैका लागि फरक(फरक नियमहरू छन्, जुन पालना गर्न आवश्यक पनि छ । घिउको दियो भगवानको दाहिनेतर्फ हुनुपर्छ भने तेलको दियो देवताको देब्रेपट्टि राख्नुपर्छ ।

यसका साथै हनुमानजीका लागि चमेलीको तेल र शनिदेवका लागि तोरीको तेलको दियो बाल्नु शुभ मानिन्छ। देवताहरूलाई प्रसन्न तुल्याउन गाईको घ्यूको दियो बाल्नु पर्छ। बात्ति बनाउन गाईको घ्यूलाई उत्तम मानिन्छ ।

बत्ती कुन दिशामा हुनुपर्छ ?

वास्तुशास्त्रका अनुसार घरमा दियो कुन दिशामा राखिन्छ त्यसको पनि निकै महत्व छ । गलत दिशामा दियो बाल्दा फाइदाको सट्टा हानि हुन्छ । घरमा दियो सधैं पश्चिम दिशामा राख्नुपर्छ, यसले घरमा सकारात्मक ऊर्जाको प्रवाह बढाउँछ।

सम्बन्धित शीर्षकहरु

राशिफल