शरीरमा होमोग्लोबिनको कम हुँदा के हुन्छ ?

धेरै प्रकारका पोषक तत्वहरूले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छन् । यी पोषक तत्वहरू मध्ये होमोग्लोबिन पनि एक हो ।हेमोग्लोबिनको कमीले शरीरमा धेरै समस्याहरु सृजना हुन सक्छन् । यदि शरीरमा होमोग्लोबिन घटेको छ भने बुझ्नुहोस् रगत पनि घटेको छ । यस्तो अवस्थामा रगतको कमीले हुने सबै रोगका लागि होमोग्लोबिन जिम्मेवार हुन्छ ।

होमोग्लोबिन के हो ?

होमोग्लोबिन आरबीसी अर्थात रातो रक्त कोशिकामा पाइने एक प्रकारको प्रोटिन हो। यो मुख्यतया रातो रक्त कोशिका बनाउन जिम्मेवार छ । शरीरमा होमोग्लोबिन कम हुँदा रगतको मात्रा कम भै एनिमियाको खतरा बढ्छ । हाम्रो शरीरमा रगतलाई ऊर्जाका लागि अक्सिजन चाहिन्छ। शरीरमा अक्सिजन पुर्याउने र शरीरबाट कार्बन डाइअक्साइड बाहिर निकाल्ने काम होमोग्लोबिनले गर्छ । जब हामि सास फेर्छौ हेमोग्लोबिनले त्यसबाट अक्सिजन लिन्छ र रगतमा पुर्याउँछ र फर्कने क्रममा रगतमा रहेको अशुद्धताबाट कार्बन डाइअक्साइड बाहिर निकाल्छ ।

शरीरमा कति हुनुपर्छ होमोग्लोबिन ?

सामान्य पुरुषको शरीरमा प्रति डेसिलिटर १३।५(१७।५ ग्राम होमोग्लोबिन हुनुपर्छ। महिलामा होमोग्लोबिन १२।० देखि १५।५ ग्राम प्रति डेसीलिटर हुनुपर्छ । यदि शरीरमा होमोग्लोबिनको मात्रा कम छ भने थकान तथा सास फेर्न गारो हुने जस्ता लक्षण देखिन्छन् ।

होमोग्लोबिन किन कम हुन्छ ?

शरीरमा रगतको मात्रा घट्दा होमोग्लोबिन पनि घट्छ । यसका पछाडि धेरै कारण छन् । महिलाहरु प्रायः गर्भावस्था र महिनावारी को समयमा रक्तअल्पता बाट ग्रस्त हुन्छन् । त्यसैले डाक्टरहरूले गर्भवती महिलाहरूलाई पालुगों, चुकन्दर तथा हरियो तरकारीहरु खान आग्रह गर्छन् । आइरनको कमी, लिम्फोमा, सिरोसिस, एड्स, क्यान्सर, अल्सर, सिकलसेल एनिमिया, रक्तचाप, पिसाबमा रगत, शरीरबाट अत्याधिक रगत बग्नु, क्षयरोग आदिका कारण शरीरमा होमोग्लोबिनको कमी हुन्छ ।

कम होमोग्लोबिनको लक्षण

शरीरमा होमोग्लोबिनको कमी हुँदा धेरै प्रकारका लक्षण देखिन्छन् । जस्तैः टाउको दुख्ने, छाती दुख्ने, चिसो लाग्ने, रगतको कमी हुने, हात खुट्टा कडा हुने, मुटुरोग, कलेजो र मृगौला फेल हुने आदि । यस बाहेक चक्कर लाग्ने, घबराहट, कमजोरी, थकान, हात ( खुट्टा चिसा हने जस्ता समस्या पनि हुनसक्छन\ ।

होमोग्लोबिन कम हुँदा के गर्ने ?

होमोग्लोबिनको कमीको लक्षण देखिए तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। होमोग्लोबिनको कमीलाई कम गर्न डाक्टरले उपयुक्त सल्लाह दिनेछन । यदि होमोग्लोबिन धेरै कम छ भने रगत पनि चढाउनुपर्ने हुन सक्छ ।

होमोग्लोबिन बढाउन के खाने ?

यदि सामान्य अवस्थामा हुनुहुन्छ र आफ्नो शरीरमा होमोग्लोबिनको मात्रा सन्तुलित राख्न चाहनुहुन्छ भने, आफ्नो खानामा केही विशेष चीजहरू समावेश गरेर होमोग्लोबिनको मात्रा बढाउन सकिन्छ । होमोग्लोबिनको कमी भए केरा, अनार, नरिवलको पानी, तरबूजा , स्ट्रबेरी, स्याउ आदि खानुपर्छ । यसका अतिरिक्त पालक, चुकन्दर तथा हरियो तरकारी नियमित सेवन गर्नुपर्छ । यी चिजको नियमित सेवन गरे शरीरमा होमोग्लोबिनको कमी हुन पाउँदैन ।

सम्बन्धित शीर्षकहरु

राशिफल