बृहत् योग शिविर सुरु

काठमाडौँ, ५ चैत । पताञ्जलि योग समिति काठमाडौँको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शनिबार संयुक्त रुपमा सो शिविरको उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष थापाले योग मानव जीवनका लागि अपरिहार्य भएको बताउनुभयो । मानिसको शारीरिक एवं मानसिक तनावमुक्त गर्न योग अति आवश्यक रहेकाले यो दैनिक रुपमा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘गरौँ योग, रहौँ निरोग’ भन्ने मूल नाराका आयोजित पाँच दिने सो शिविरमा पाँच सय जनाको सहभागिता रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

मानिसहरुमा योग जागरण ल्याउने र मानसिक तथा शारीरिक तनावलाई छुट्कारा दिलाउनका लागि योग शिविर आयोजना गरिएको योग विज्ञान शिविर व्यवस्थापन समिति पताञ्जलि योग आँबुखैरेनी तनहुँका अध्यक्ष पम्फा श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “योगबाट कुनै मानिसको समस्या छिट्टै निको पनि भइहाल्छ, कुनैको केही समय लाग्न सक्छन् तर प्रभावकारी हुन्छ ।”

शिविरमा पतञ्जलि योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी लवदेव गुरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।–रासस

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट