बढ्यो फेरि कुखुराको मासुको मूल्य

काठमाडौँ, २७ फागुन । ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै दोस्रो पटक बढाइएको छ ।

गत सोमबार किलोमा १० रुपैयाँले बढाइएको कुखुराको मासुको मूल्य ब्रोइलर उत्पादकहरुले फेरि बढाएका हुन् ।

नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघकाअनुसार शुक्रबारबाट जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ ।

कुखराको कोल्ड स्टोर मूल्य बढेसँगै तयारी मासुको मूल्य पनि आकाशिएको छ । काठमाडौँ उपत्यकामा त मासुको मूल्य प्रतिकेजी ४२० रुपैयाँसम्म पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट