काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिकाअनुसार यस हप्ता संयुक्त अधिराज्यमा एक जनाको निधन भएको हो ।यससँगै शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या १६१ पुगेको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
समितिका अनुसार ३६ मुलुकमा रहेका कूल ३१ हजार १५० संक्रमित नेपालीमध्ये २९ हजार २४३ जना अर्थात् ९३ प्रतिशतभन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् ।अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोनाबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यस साता त्यहाँ संक्रमणदर केही बढेको सङ्घले जनाएको छ ।
यसैगरी संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यस साता संक्रमण बढेको छ । समितिले सार्वजनिकस्थलमा जाँदा र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शनसमेत तयार पारेको छ ।समितिले सार्वजनिकस्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नसमेत सुझाएको छ