बनेपा नगरपालिकाको लुटधन्दा: ग्राभेल भनेर बाटोमा माटो हाल्ने तयारी

काभ्रे: यहाँको बनेपा नगरपालिकाले अरनिको राजमार्ग अन्तगर्त पर्ने पुलबजार देखि चारदोबाटोसम्म दुवै किनारामा ग्राभेल भनेर माटो हाल्न तयारी गरेको छ । भकुन्डेबेशीको एक खानीबाट मिलेमतोमा माटो ल्याएर नगरपालिकाले दिनदहाडै मोटो रकम कुम्ल्याउन जनतालाई झुक्काइरहेको छ ।

बनेपामा मात्र होइन यस्ता दृश्य अन्य पालिकाहरुमा देखिएकै हो । खानीसंग सेटिंग मिलाएर ४० लाख खर्च देखाएर १० लाखमा काम सक्ने र ३० औ लाख लुट्न बनेपा नगरपालिका उद्धत देखिएको एक स्थानीयले बताएका छन। राजमार्ग किनारमा माटो हाल्नुको कुनै महत्व नभएपनि मोटो रकम कुम्ल्याउनकै लागि यस्तो कुकृत्य हुदै आइरहेको छ।

ग्राभेल भनेर माटो हाल्दा धुलो उड्नुको साथै यसको कुनै औचित्य नभएको स्थानीयको गुनासो रहेको छ। यस बिषयमा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठसंग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित शीर्षकहरु

राशिफल