जानिराखाैं कर्कलोको तरकारी खानुका फाइदै फाइदा

कर्कलो र पालुंगो दुबैमा धेरै क्याल्सियम र अक्जालेट हुन्छ। क्याल्सियम र अक्जालेट धेरै हुँदाहुँदै पनि यो क्याल्सियम अक्जालेट बनी शरीरलाई उपलब्ध हुँदैन र दिसाबाट बाहिरिन्छ। त्यसको ठीकविपरीत केल, ब्रोकाउली, सीबी, बोडी, दूध, तोफु आदिमा अक्जालेटभन्दा क्याल्सियम बढी हुने हुँदा यिनीहरू क्याल्सियमका लागि भर पर्नु व्यावहारिक हुन जान्छ।

कर्कलोमा हुने क्याल्सियम अक्जालेट क्रिस्टलले गर्दा मानिसलाई कर्कलो कोक्काउँछ। जब कर्कलो र पिँडालु पाकी नकोक्काउने बन्छन्, तब यो शरीरलाई हानी गर्ने अक्जालेटको सेफ लेभलमा झरिसकेको हुन्छ। कर्कलो र पिँडालुमा कागती वा निम्बुको अमिलो हाल्दा क्याल्सियम अक्जालेटको क्रिस्टललाई झन भत्काइदिन्छ।

अनुसन्धानले कागती वा निम्बु गाभामा ठोसी खाने गर्दा अमिलोले र बोक्रामा पाइने सुगन्धका कारण मृगौलामा पत्थरी हुन सहयोग गर्ने अक्जालेटको उपलब्धता घटाइदिएको पुष्टि गरेको छ। कागतीको रस र बोक्रामा हुने पोलिफिनोलले हाम्रो शरीरलाई क्षारीय गुण दिन्छ।

कर्कलोको पात र पिँडालु दुबै क्षारीय खाना हुनाले हाम्रो रगतलाई क्षारीय राख्न सहयोग गर्छ। कर्कलोको डाँठको रस आयुर्वेद र सिद्ध दुबै विधामा घाउबाट बगिरहेको रगत रोक्ने ओखती र छालामा रक्तसञ्चार नदेखिँदा इरिटेसनमार्फत रक्तनली खोली रातो पार्ने उपचारको प्रयोजनमा आउँछ।

सम्बन्धित शीर्षकहरु

राशिफल