सारुख केसीको पहिलो म्युजिक भिडियो सार्वजनिक

भक्तपुर: सारुख केसीले आफैले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। शारुख केसीले आफैले स्वर दिएको र अभिनय गरेको कुल फायर ब्याण्डको “तिम्रो माया बिना” बोलको रक जेनेराको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो।


रबिन्द्र केसीले निर्माण गरेको गीतमा भिवा बिकरको निर्देशन रहेको छ। आश्मा केसीको शब्द रहेको गीतमा भिवा बिकरको संगीत रहेको छ। भक्तपुरको बिभिन्न ठाउँमा छायांकन भएको गीतलाई युबराज खत्रीले भिडियो सम्पादन गरेका हुन्।

भक्तपुरका उदयीमान गायक केसीको चाडै नै अर्को म्युजिक भिडियो बजारमा आउदैछ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट