मिस शिङ्सा-भोटिया २०२२ हुने

काठमाडौँ: अति सिमान्तकृत जाती, शिङ्सा-भोटिया महिला सशक्तीकरणको लागि बज्रकिल्या प्रोडक्सन्सले मिस शिङ्सा-भोटिया २०२२ आयोजना गर्ने भएको छ। प्रतियोगितामा नेपाल, भारत लगायत विश्व भरी छरिएर बसेका शिङ्सा-भोटिया, नावा र ल्होमी महिलाहरुले भाग लिन पाउने छन।

यस प्रतियोगितामा सहभागी बन्न न्युनतम एसईई वा सो सरहको शिक्षा हासिल गरिसकेको हुनुपर्नेछ। डिजिटल अडिसन शुरु भईसकेको यस प्रतियोगिताको ग्रान्ड फिनाले भने डिसेम्बर १८ मा हुनेछ। विजेतालाई आकर्षक पुरस्कार दिने बताएका आयोजकले प्रतियोगिताको ग्रान्ड फिनालेको दिन यस समुदायलाई विशेष सहयोग पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गर्ने जनाएको छ।

यस प्रतियोगिताको ग्रान्ड फिनाले नेपाल प्रज्ञा प्रतिस्ठान, कमलादीमा हुनेछ भने कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने यस बज्रकिल्या प्रोडक्सन्सका संस्थापक अध्यक्ष तेन्जिङ भोटियाले जानकारी दिनुभएको छ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट