आज थप २१० जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या १४ हजार २१ पुग्यो

काठमाडौं : बुधबार थप २१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छन् । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् ।

काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएसँगै, पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । यस्तै हाल सक्रिय संक्रमितको संख्या पाँच हजार ३६० रहेको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट