काठमाडौँ, २७ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।गत २४ घण्टामा ७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ६०७ पीसीआर र एन्टिजेन विधिबाट २ हजार ३७४ एन्टिजेन परीक्षण गरिएकोमा ७७ जनामा संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संख्या ११ लाख १७ हजार ७४१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ६० हजार ६८६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ जना रहेको छ ।
थप १ लाख २६ हजार १९६ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५० जना पुगेको मन्त्रालयले जनाएको छ ।