थप ११२ जनामा संक्रमण, ४२९ निको

काठमाडौँ, २६ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ११२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार १५६ एन्टिजेन परीक्षण गरिएकोमा ११२ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख १७ हजार ६६४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४२९ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ६० हजार ४९७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३४० जना रहेको छ ।

थप १ लाख २९ हजार २८५ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट