काभ्रे: पुर्व राज्यमन्त्री कन्चनचन्द्र बादेले निजी गाडीमा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन । काभ्रे अटो मेकानिकल्स व्यवसायीसंगको सहकार्यमा आफुले चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरेको उनले बताएका छन। महामारीको यो समयमा कोभिडका बिरामी र अक्सिजन सप्लाईको लागि यो एम्बुलेन्स प्रयोग हुनेछ ।
इन्द्रेणी खबरसंग कुरा गर्दै भोली औपचारिक रुपमा समिति बनाएर यो अभियान अघि बढाउने उनले बताएका छन । उनले भने, ‘कोभिड र नन कोभिड दुबैलाई सहज हुने गरि गाडी थपेर सेवालाई प्रभावकारी बनाउने योजनामा छौ ।’ कोभिड संक्रमण नभएका व्यक्ति जो अस्पताल लगायत अत्यावश्यक काममा निस्कन सकेका छैनन् उनीहरुलाई मध्यनजर गरेर हामी थप निर्णय गर्नेछौ ।’
बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञाले आम सर्वसाधारण झनै मारमा परेका छन। कोभिडको कहरमा जनताको घाउमा मलम लगाउनुपर्ने सरकार यतिबेला सत्ता र शक्ति जोगाउन दिनरात संघर्षरत छ भन्दै आमसर्वसाधारणले आक्रोश पोखिरहदा संकटको घडीमा सेवा दिने पुर्व राज्यमन्त्री बादेको यो अभियानको सर्वत्र प्रशंसा भइरहेको छ ।