उखु किसानको आन्दोलनमा सनातन संस्कृति समाज नेपालको ऐक्यबद्धता

काठमाडौँ: उखु किसानको आन्दोलनमा सनातन संस्कृति समाज नेपालले ऐक्यवद्धता जनाएको छ। काठमाडौंको माइतीघरमा भइरहेको किसानहरूको आन्दोलनमा सनातन संस्कृति समाज नेपालका सहअध्यक्ष तारानाथ लुइँटेल, बिष्णु भट्टराई लगायतको उपस्थितिमा ऐक्यवद्धता जनाएको हो। किसानको समस्या शिघ्र समाधानको लागि सरकारसंग माग गर्दै माग पुरा नगरे जुनसुकै अप्रिय स्थितिको सामना गर्न सरकार तयार रहनुपर्ने भन्दै सरकारलाई ध्यानाकर्षण समेत गराएको छ ।

सनातन संस्कृति समाज नेपालका सहअध्यक्ष तारानाथ लुइँटेलले निर्वाचनमा पार्टीलाई सहयोग गरेकै कारण सरकारले कसुरदारलाई कठघरामा उभ्याउन नसकेको भन्दै भ्रस्ट दल, नेता र सरकारबाट जनताले के आशा गर्ने भन्ने प्रश्न उपस्थित भएको बताएका छन। चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरूले अहिले तिनै किसानहरूलाई नचिनेको उनको भनाइ छ।

उखु किसानहरू उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै केहि दिनयता काठमाडौंको माइतिघरमा आएर किसानहरुले आन्दोलन गरिरहेका छन्। चिनी मिलले आफूहरूसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले करीब ९० करोड रूपैयाँ भुक्तानी पाउन बाँकी छ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट