म्याद गुज्रिएको बटर बिक्रि भयो भन्ने कुरामा सत्यता छैन: डीडीसी

काठमाडौँ: दुग्ध बिकास संस्थानले उपभोग्य अवधि सकिएको बटर बिक्रि भयो भन्ने कुरामा सत्यता नभएको बताएको छ । बिहिबार एक विज्ञप्ती जारी गर्दै संस्थानले दुग्ध पदार्थको भण्डारण आयु कति हुने भन्ने कुरा उक्त पदार्थको गुणस्तर, बनावट र भण्डारण सुविधामा निर्भर हुने भन्दै १ बर्षसम्म अन्य उत्पादनको लागि प्रयोग गर्न सकिने बैज्ञानिक आधार रहेको स्पष्ट पारेको छ।

मौज्दातमा रहेको मखन सोझै उपभोक्तालाई बिक्रि गर्ने प्रयोजनको लागि नभई बिभिन्न दुग्ध उत्पादन बनाउनको लागि कच्चा पदार्थको रुपमा संरक्षण गरि राखिएको बिज्ञप्तीमा उल्लेख छ।

संस्थानको डिप रेफ्रिजेरेसन तापक्रममा भण्डारण भएको बटरको रंग, बासना, फ्री फ्याटी लगायतको बिशेषता समयसमयमा परिक्षण गर्ने गरेकोमा उल्लेखित बटरमा परिक्षण नतिजा सन्तोषजनक रहेकोले गुणस्तरमा ह्रास नआएको समेत सम्बन्धित सरोकारवाला र आम उपभोक्तालाई बिज्ञप्तीमार्फत जानकारी गराएको छ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले मंगलबार बालाजुस्थित सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को उत्पादन कारखानामा अनुगमन गर्दा १ लाख ९४ हजार ९ सय ७५ किलो मिति सकिएको बटर बरामद गरेको थियो । चारवटा गोदाममा रहेको बटर निरीक्षण गर्दा अधिकांश मिति सकिएको फेला परेको थियो ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट