काठमाडौँ: बिभिन्न सामाजिक सेवा गर्दै आउनुभएकी समाजसेवी कुन्तीदेवी पोखरेल काठमाडौँ क्षेत्र नम्बर २ का जनताको मन जित्दै आउनुभएको छ। महिला अभिमुखीकरणको कर्यक्रम संचालन गरेर हजारौ महिलाहरुलाई आत्मनिर्भर बनाउन सफल हुनुभएकी कुन्तीदेवीले बिभिन्न बिद्यालयहरुमा स्वास्थ्य सामग्री एबम पुस्तक वितरण गर्नुभएको छ।
त्यस्तै गरिब असाहय बिद्यार्थीहरुलाई निशुल्क अध्ययन गराउने व्यवस्था, निशुल्क शैक्षिक सामग्री वितरण तथा कपडा समेत उपलब्ध गराउनुभएको छ। बिभिन्न स्थानहरुमा स्वास्थ्य शिबिर संचालन गरेर जनताको जनजीविकाको सवालमा अग्रपंक्तिमा रहेर काम गरि ख्याति कमाइरहनुभएको छ।
कुन्तीदेबी पोखरेलसंग गरिएको संक्षिप्त कुराकानी:
१) राजनीति के-कसरी चल्दैछ?
राप्रपा क्षेत्र नं २ संगठन निर्माणमा लागिरहेको छ, आगामी चुनाबमा जीत हासिल गर्छु। जनतासंग मन जित्ने गरि भिज्दैछु।
२) एकपटक पराजय व्यहोरीसक्नुभयो, फेरी चुनाबमा उठ्ने तयारी हो र?
चुनाबी रणभूमिमा गएपछि हारजीत हुन्छ नै तर ११ हजार भन्दा बढी मत ल्याउन सके जतिबेला म त्यति यहाँका जनतासंग घुलमिल हुन पाएकी थिइन। तर अहिले बिभिन्न सामाजिक कार्यहरुमार्फत मैले नजिकिने मौका पाएकी छु र मन जित्न सफल भएकी छु।
३) काठमाडौँ २ नं क्षेत्रमा प्रत्यक महिलाको मुखमा कुन्तीदेबी नाम झुन्डिएको छ नि , किन होला?
मैले गरेका सामजिक कामहरु महिलाको बिषयमा उठाएका कुराहरुले नै हुनुपर्छ।
४) २ नम्बर क्षेत्रका जनतामा केकस्ता समस्या छ्न?
२ नम्बर क्षेत्रमा बाटोको समस्या, खानेपानी ब्यबस्थापन, स्वास्थ्य र युवा बेरोजगारको मुख्य समस्या छन। यी समस्या हल गर्न म दिनरात नभनी जनताकै समस्या समाधान गर्न हरप्रयास गर्नेछु।
५) अन्त्यमा, अहिले देशमा भैरहेको जातिय एबम धार्मिक बिबादबारे के भन्नुहुन्छ?
सनातन हिन्दु अधिराज्य नेपालमा सबै अटाएका थिए। सबैलाई आत्मसम्मान थियो तर धर्मनिरपेक्ष लादिएपछि धार्मिक द्वन्द बढेको हो। त्यसकारण पुन नेपाल हिन्दुअधिराज्य नै हुनुपर्छ।