समाचार

गाली बेइज्जती गर्ने विरुद्ध कैद सजाय र क्षतिपुर्ति मागदावी सहित थापाले गरे मुद्धा दायर

काठमाडौँ: विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापाले आफूमाथि गालीबैइज्जती गर्ने विरुद्ध कैद सजाय र क्षतिपुर्ति मागदावी सहित मुद्धा दायर गरेका छन। प्रेस बिज्ञप्ति जारि गर्दै बुधबार दिउसो थापाले काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेको बताएका छन । कोब्रा रक्षा दलको फेसबुक पेज नेपाल कोब्रा रक्षा दलका...

August 5th, 2020

भ्रस्टाचार बिरोधि अभियन्ता पवित्रा लामा नेपाली कांग्रेस प्रवेश

काठमाडौँ: सामाजिक अभियन्ता पवित्रा लामा नेपाली कांग्रसमा प्रवेश गरेकी छिन् । उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बुढानिलकण्ठस्थित निवासमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेशबारे रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो ।   कार्यक्रममा पूर्व सांसद तीर्थ लामाले अभियन्ता पवित्रा लामाले समाज...

August 5th, 2020

एक लाख नाघ्यो सुनको मूल्य

काठमाडौं : बुधबार सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार...

August 5th, 2020

काठमाडौँमा सङ्क्रमण बढ्दै ,जुनसुकै बेला लकडाउन हुन सक्ने

काठमाडौं : पछिल्लो २४ घण्टामा मात्रै काठमाण्डौ उपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिए । काठमाण्डौमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   यससँगै काठमाण्डौ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या पाँच सय ९७ पुगेको छ । यसमध्ये काठमाण्डौ...

August 1st, 2020

काठमाडौं छिर्ने नाकामा थप कडाइ हुने

काठमाडौं, १५ साउन : सरकारले काठमाडौं प्रवेश गर्ने नाकामा थप कडाइ गर्ने सङ्केत गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएपछि सरकारले नाकामा थप कडाइ गर्ने सङ्केत गरेको हो । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भएको कार्यक्रममा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले काठमाडौंमा संक्रमित...

July 30th, 2020

बाढीका कारण बाँकेका १ सय १४ गाउँ उच्च जोखिममा

बाँके : राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका एक सय १४ गाउँ उच्च जोखिममा परेका छन् । आठ पालिकामा पर्ने ३५ वडाका एक सय १४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना-ठूला खोलामा आउने बाढीको उच्च जोखिममा रहेको नक्साङ्कन गरिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका...

July 29th, 2020

सिटभरि यात्रु राखेर,महँगो भाडा असुल्दै सार्वजनिक गाडी

काठमाडौं : कोरोना भाइरसबाट बच्न सार्वजनिक गाडीमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । लकडाउन खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक गाडीमा भिड बढ्दै छ । सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक, परिचालकले...

July 26th, 2020

धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासङ्घको माग

काठमाडौं: विश्व हिन्दू महासङ्घले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ-मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार जारी गरेको विज्ञप्तिमा अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने...

July 24th, 2020

पहिरोले लमजुङमा १८ घर पुरिए

लमजुङ : अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङमा १८ घर पुरिएका छन् । मर्स्याङ्दी गाउँपालिका-३ तरापु पल्लोटारी गाउँमा बुधबार बिहान पहिरोले १८ घर पुरिएका हुन् । त्यो ठाउँमा मंगलबार गएको कपासे खोलाको पहिरोमा थप पहिरो त्यही ठाउँबाट आएकोले घर पुरिएको वडाध्यक्ष प्रेम बस्नेतले बताए । पहिराले घर पुरिँदा सुजन...

July 22nd, 2020

३८औँ वीपी कोइराला स्मृति दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

भक्तपुर: ३८औँ वीपी कोइराला स्मृति दिवसका अवसरमा मंगलबार नेपाल तरुण दल भक्तपुर सूर्यविनायक नगर कार्यसमिति वडा नम्बर ९ ले काभ्रे र भक्तपुरको सिमाना नजिकैको सरकारी जंगलमा वृक्षारोपण गरेको छ। कार्यक्रममा सूर्यविनायक नगर वडा नम्बर ९ का अध्यक्ष भगवान केसी, कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा कांग्रेसका युवा नेता एवम् पूर्वसांसद...

July 21st, 2020

ताजा अपडेट