समाचार

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क...

September 24th, 2020

सुनचाँदीको मूल्य घट्यो, आजको मूल्य हेर्नुहोस

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो । यस्तै बुधबार...

September 23rd, 2020

बङ्गलादेशबाट मल ल्याउन भारतले सहयोग गर्ने

बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्नेभएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताए । बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउनलाग्दा सबै तर्फबाट सहयोग गर्न...

September 22nd, 2020

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच...

September 21st, 2020

पर्साको स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा बेच्न थालेपछि स्थानीय प्रशासनले त्यस्ता व्यापारीहरुकहाँ छापा मार्न थालेपछि कारवाही प्रक्रिया अघि बढाएको हो । वीरगञ्ज बजार तरकारीको मुख्य मण्डी मानिएको...

September 21st, 2020

आज देशभर ११२० कोरोना संक्रमित थपिए, निको हुनेको संख्या २३ हजार नाघ्यो

बितेको २४ घण्टामा देशभर ३२० महिला र ८०० पुरुष गरी ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्मले बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार आज काठमाडौं उपत्यकामा थप ३८८ जनामा...

September 2nd, 2020

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग

चितवनमा तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै आजदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका हुन् ।...

August 31st, 2020

कोरोना सङ्क्रमित बढेसँगै सरकारी कार्यालयको सेवा बन्द

पछिल्लो केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेपछि जिल्लास्थित तीन सरकारी कार्यालयले आजदेखि सेवा बन्द गरिएको जनाएका छन् । आन्तरिक राजश्व कार्यालय धुलिखेलले मङ्गलबार सूचना जारी गर्दै आजदेखि सेवा बन्द रहेको जनायो । कोरोना भाइरस सङ्क्रमण काभ्रेपलाञ्चोकमा समुदायस्तरमा फैलिरहेको असहज परिस्थितिका कारण समग्र कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य संवेदनशीलतालाई...

August 19th, 2020

यो वर्ष गोकर्णे औँसीको मेला नहुने

काठमाडौँ ;गोकर्णेश्वर नगरपालिकाले वडा नं –४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा भाद्र कृष्ण औँसीका दिन मेला नलाग्ने जनाएको छ । बाबुको मुख हेर्ने दिन बुधबार मन्दिरमा लाग्ने मेला यसवर्ष स्थगित गर्ने निर्णय नगरपालिकाले गरेको छ । नगर कार्यपालिकाको सोमबारको बैठकले उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिरमा लाग्ने धार्मिक...

August 18th, 2020

स्थानीय तह धमाधम सिल गरिँदै, कोरोना समुदायमा फैलिने त्रास

कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएको छ । अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाइएको मण्डनदेउपुर...

August 15th, 2020

ताजा अपडेट