गाली बेइज्जती गर्ने विरुद्ध कैद सजाय र क्षतिपुर्ति मागदावी सहित थापाले गरे मुद्धा दायर

काठमाडौँ: विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापाले आफूमाथि गालीबैइज्जती गर्ने विरुद्ध कैद सजाय र क्षतिपुर्ति मागदावी सहित मुद्धा दायर गरेका छन। प्रेस बिज्ञप्ति जारि गर्दै बुधबार दिउसो थापाले काठमाडौँ जिल्ला अदालतमा मुद्धा दायर गरेको बताएका छन ।

कोब्रा रक्षा दलको फेसबुक पेज नेपाल कोब्रा रक्षा दलका अध्यक्ष बताउने खडक सि बोहराले सञ्चालन गर्ने गरेको विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिद्वारा जारि भएको बिज्ञप्तिमा भनिएको छ। विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापा र नेपाल कोब्रा रक्षा दलबीच गहिरो विवाद हुदै आएको थियो। नेपाल कोब्रा रक्षा दलको फेसबुक पेज मार्फत स्टाटस पोस्ट भएपछी बिभिन्न धार्मिक अभियन्ताले प्रतिक्रिया जनाएका थिए।

विश्व हिन्दु युवा संघ अन्तराष्ट्रिय समितिका अध्यक्ष सागर थापाद्वारा जारी बिज्ञप्ति जस्ताको त्यस्तै:
नेपाल कोब्रा रक्षा दलका अध्यक्ष बताउने खडक सि बोहराले सञ्चालन गर्ने फेसबुक पेज र सामाजिक सञ्जालबाट यस संघ एवं मेरो विरुद्ध तथा कथित मनगढन्ते शब्दहरु प्रयोग गरी गाली गलौज गरेको हुँदा बैतडी घर बताउने खडक बोहरा डोल्पा घर बताउने मानव कुमार हमाल, कैलाली घर बताउने सरला ठकुरी, दोलखा घर बताउने पशुपति भन्ने लिलाप्रसाद आचार्य लगायतका विरुद्ध आज सम्मानित काठमाडौं जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ को गाली बेइज्जती सम्बन्धी कसुरको बेइज्जती गैरमा हुने सजाय ९१० अनुसार निजहरूलाई २ (दुई वर्ष कैद र जरिवाना तथा विद्युतिय माध्यमबाट सामाजिक सञ्जाल मार्फत बेइज्जति गरेमा निजहरु उपर त्यस्तो सजायको थप १ वर्ष र जरिवाना समेतको मागदावी सहित गाली बेइज्यत्ति मुद्दा न ०१०७ मार्फत आज मिति २०७७।४।२१ गते दर्ता गरिएको छ।

प्रचलित मुलुकी अपराध संहिता २०७४ को बैइज्जती गरेमा हुने सजाय ९२० मा कसैले बैइज्जती गरे वा गराएको ठहरिएमा बैइज्जती गरिएको व्यक्तिलाई कसुरको गम्भिरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पुग्न गएको असर तथा विद्युत वा अन्य आम सञ्चारका माध्यमबाट बैइज्जती गरेको भएमा त्यस्तो कुरा समेतलाई विचार गरी कसुरदारबाट मनासिव क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसुरदार बाट मुद्दा लागेका खर्च समेत भराउने व्यवस्था रहेको अधिवक्ता भूमिनन्द चुडालले बताउनुभएको छ।

तसर्थ विना आधार र प्रमाण गाली बैइज्जती गर्नु निश्चय पनि सहि मान्न सकिदैन। प्रचलित ऐन कानून अनुसार कैद सजाय गरी यस्ता गलत कार्यको अन्त्य गर्न सबै क्षेत्रमा सहयोगका लागि अनुरोध छ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट