समाचार

भूमाफियाद्वारा ८ हजार रोपनी अतिक्रमण

भूमाफियाले मुलुकभर करिब ८ हजार रोपनाी सरकारी जमिन अतिक्रमण गरेको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी संरक्षण र जाँचबुझ आयोगको अध्ययनअनुसार निजी गुठी, मठमन्दिर र सरकारी आयोजनाका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेको हो । आयोगले भूमि अतिक्रमणसम्बन्धी २० वटा प्रतिवेदन तयार गरेर केही दिनमै प्रधानमन्त्रीलाई बुझाउँदैछ...

February 11th, 2021

पुनः वर्षा र हिमपात हुँदै : फागुन मध्यसम्म यस वर्षको हिउँद

यो वर्षको हिउँदयाम वर्षा र हिमपात गराउँदै बिदा हुने सम्भावना देखिएको छ । हिउँद सुरु भएको चार महिनासम्म राम्ररी वर्षा र हिमपात नभए पनि हिउँद सकिनलाग्दा विगत केही दिनयता बदलीसँगै कतिपय ठाउँमा हल्का वर्षा र हिमपात देखिन थालेको छ । गएको साता देशको सुदूरपश्चिमदेखि पूर्वसम्म नै बदली भएर हल्का...

February 11th, 2021

निर्वाचन आयोगमाथि दबाब बढ्दै

राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै...

February 11th, 2021

प्रमाणपत्र धितो राखेर कर्जा दिन हच्किन्छन् बैंकहरू

काठमाडौं; कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत ब्याज अनुदानमा ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अझै कर्जा प्रवाह गरेका छैनन् । मन्त्रिपरिषद्ले गत असोज ८ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि, २०७५’को तेस्रो संशोधन, गर्दै युवा स्वरोजगार कर्जा थपेको थियो...

February 11th, 2021

पाँच दिनमा बलात्कारका तीन घटना

गोरखामा पाँच दिनमा बलात्कार र बलात्कार प्रयासका तीनवटा घटना भएका छन्। माघ २० देखि २५ गतेसम्म जिल्लाभर बलात्कार तथा बलात्कार प्रयासका तीनवटा घटना प्रहरी कार्यालयमा आएको हो। रौतहट घर भई सहिद लखन गाउँपालिका–८ बस्ने रमन मुखिया माघ २० गते २६ वर्षकी युवतीलाई जबर्जस्ती करणी प्रयास गरेको अभियोगमा छानबिन भइरहेको...

February 9th, 2021

प्रधानमन्त्रीका वकिलको तर्क : श्रीलङ्काको संविधानको धारा ७० (१) र नेपालको ८५ (१) एकै

सोमबार प्रधानमन्त्रीका तर्फबाट १३ जना कानुन व्यवसायीले बहस गरेका छन् । प्रधानमन्त्रीका तर्फबाट सोमबार बहसको सुरुवात अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले गरे । भट्टराईले संसदीय व्यवस्थामा विघटनको सिफारिसलाई प्रधानमन्त्रीको अधिकारका रूपमा व्याख्या गरे । भट्टराईसँग समयको विषयमा इजलासमा वादविवाद पनि भयो । वरिष्ठ अधिवक्ता महेश नेपालले विघटन संविधानसम्मत रहेको जिकिर गर्नुभयो...

February 9th, 2021

प्रतिनिधिसभा विघटनः अन्तर्राष्ट्रिय क्षेत्रमा यस्तो अभ्यास भएको उदाहरण भेटिएन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपछाडि अन्तर्राष्ट्रिय अभ्यासलाई जोड्दै आएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दामा विघटनका पक्षधर वकिलहरूले संविधानको व्यवस्थामा नटेकीकनै संसद् विघटन भएको एउटा पनि गतिलो अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्न सकेका छैनन्। गत माघ २३ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई सोधेका थिए, ‘प्रधानमन्त्रीलाई...

February 9th, 2021

युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने

बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल नेपाल आइपुग्न अझै दुई साता लाग्ने भएको छ ।दुबईको जेन ट्रेड ढुवानी कम्पनीले बङ्गलादेशबाट मल ढुवानी गर्ने ठेक्का पाएको छ । सो कम्पनीले मङ्गलबारबाट बङ्गलादेशको बङ्गलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेसनसँग मल बुझ्ने काम सुरु गर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख नेत्र भण्डारीले जानकारी दिए ।...

February 9th, 2021

भागरथी भट्टको हत्या: नजिककै व्यक्तिमाथि शंका

बैतडीकी ;१७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना...

February 9th, 2021

झण्डै सात अङ्कले घट्यो नेप्से

शेयर बजार परिसूचक नेप्से झण्डै सात अङ्कले घटेको छ । बुधबार दिनभरिको उतारचढावपछि बन्द हुने बेलामा नेप्से ६ दशमलव ८१ अङ्कले घटेर २४ सय ६६ दशमलव ९२ विन्दुमा झरेको हो । कारोबार सुरु भएको केही बेरमै नेप्से २५ सय १९ विन्दुसम्म पुगेको थियो । बुधबार बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र...

February 3rd, 2021

ताजा अपडेट