दुध बोक्ने ट्यांकर पल्टिँदा चालकको ज्यान गयो, सहचालक घाइते

हेटौंडा, १७ असोज । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया-५ तीनतलेमा दुध बोक्ने ट्यांकर पल्टिँदा चालकको ज्यान गएको छ ।

बुधबार बिहान हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफैँ अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खस्दा ट्यांकर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्यांकर चालक हेटौंडा-९ एचआडी बस्ने ३४ सिद्धान्त लामा रहेको प्रहरीले जनाएको छ । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्यांकर सहचालक धादिङ गजुरीका ४५ वर्षीय प्रेम अधिकारी घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट