भेपमा सुन तस्करी प्रकरण: चिनियाँ तस्करका सवारी चालक पौडेल पक्राउ

काठमाडौं, १७ असोज । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले लोकेन्द्र कुमार पौडेललाई पक्राउ गरेको हो । उनी चिनियाँ तस्कर दाओजिन वाङका सवारी चालक हुन्।

यस प्रकरणमा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परिसकेका छन् ।

हाल उनी थुनामा छन् ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट