पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता लिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्यवृद्वि फिर्ता लिने निर्णय गरेको हो । यसअघि नेपाल आयल निगमले शनिबार राति पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ८ रुपैयाँ बढाएको थियो ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।

सरकारले बढेको मूल्य कार्यान्वयन नगर्ने निर्णय गर्दै पूरानै मूल्यमा किनबेच गर्ने निर्णय गरेको हो । दशैँको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो ।

मूल्यवृद्वि फिर्तासँगै अब पेट्रोल १८३ र डिजेल प्रतिलिटर १७३ रूपैयाँमै किनबेच हुने छ । यस्तै, ग्याँसको मूल्य प्रतिसिलिण्डर १ हजार ८९५ रुपैया नै कायम भएको छ ।

 

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट