भक्तपुर, भदौ ५: राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर नगरपालिकाको नगर अधिवेसन सम्पन्न भएको छ। उम्मेदवार सर्वसम्मत हुन नसकेपछि चुनाब भएको हो। मंगलबार २ बजेदेखि भएको चुनाबमा दिउसो नै मतगणना सुरु भइ साँझ ७ बजे मतपरिणाम घोषणा भएको हो। जसमा ४१ मतले बिमल गुबजुलाई पराजित गर्दै रोशन नापित बिजयी भएका छन। रोशन नापितसहितको १६ सदस्यीय नगर समिति चयन गरेको छ।

रोशन नापितको ९४ र बिमल गुबजुको ५३ मत रहेको जनाइएको छ। अधिवेसनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै राप्रपाका कार्य सम्पादन समितिका सदस्य टंक ढकाल, सह महामन्त्री रबिन्द्र प्रताप शाह, केन्द्रिय सदस्य जमुना थापा र पुर्वकेन्द्रिय सदस्य रामेश्वर थापाले प्रजातान्त्रिक अभ्यास अन्तर्गत चुनाबबाट भएको अधिवेसनले पार्टीलाई संगठित र चुस्तदुरुस्त बनाउने बिश्वास लिएको बताए। चुनाबमा प्रतिष्पर्धा भएतापनि सबै एकजुट भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा नेताहरुले जोड दिएका छन ।