आजदेखि शहीद सप्ताह मनाइँदै

प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ। सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु खरिबोटमा श्रद्धाञ्जलीसभा गरिँदै छ ।

यस्तै १३ गते बिहान आठ बजे सिफलमा रहेको धर्मभक्त माथेमा फाँसी दिइएको ठाउँ र १५ गते बिहान आठ बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जलीसभा गरिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्र’हरी र सशस्त्र प्र’हरीको ब्यान्ड, मार्चपास र श’हीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी श’हीद उद्यान लैनचौरमा पुगेर श्र’द्धाञ्जलीसभामा परिणत हुने छ ।

लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिलगायत सहभागी हुनुहुने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो । २०१२ सालदेखि काठमाण्डौ नगरको संयोजकत्वमा श’हीद सप्ताह अन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

प्रजातन्त्रको माग गर्दा तत्कालिन राणा शासकले १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाण्डौको टेकुमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र माघ १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट