सुनचाँदीको मूल्य घट्यो, आजको मूल्य हेर्नुहोस

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो ।

यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट