एक महिला र १० वर्षीया दुई जना बालिका बलात्कृत

काठमाडौं, २१ भदौ । छुट्टाछुट्ट स्थानमा एक जना महिला र दुई जना बालिका बलात्कृत भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षले उपलब्ध गराएको सूचना अनुसार बर्दियामा ३० वर्षीया महिला तथा रूपन्देही र भोजपुरमा १०/१० वर्षका दुई जना बालिका बलात्कृत भएका हुन् ।

३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बासगढी नगरपपालिका–९ माछागढ बस्ने ३९ वर्षीय शेरबहादुर थापा पक्राउ परेका छन् । उनलाई हिजो बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यस्तै, रूपन्देहीमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलोत्तमा नगरपालिका–२ सिमानगर बस्ने ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ती बालिकालाई गत आइतबार बुटवल उपमहानगरपालिका–४ तिनाउखोलाको झाडीमा लगी बलात्कार गरेका हुन् ।

यसैगरी, भोजपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका–२ घुप्कालुङ बस्ने ५० वर्षीय कृष्ण राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई ललाई फकाई बलात्कार गरेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल