भारतमा प्रतिसिलिण्डर २ सयले घट्यो खाना पकाउने ग्यासको मूल्य

काठमाडौं, १५ भदौ । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्य प्रतिसिलिण्डर २ सय भारु घटाएको छ ।

बुधबार मन्त्रिपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए ।

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ (करिब ११ अमेरिकी डलर) मा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट