गौहत्याको विरोध गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

भक्तपुर, भदौ १२: राष्ट्रिय प्रजातन्त्र पार्टीले गौहत्याको बिरुद्धमा भक्तपुरमा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको छ। पार्टीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले मंगलबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाउँदै गौहत्याको विरोध जनाएको छ। पार्टीले गौहत्याको विरूद्ध कारवाहीको मागसहित सामाजिक, धार्मिक, सांस्कृतिक सद्भावको आव्हान सहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरमा राप्रपाका सहमहामन्त्री रबिन्द्र प्रताप शाहको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले माग सम्बोधन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको ज्ञापनपत्रमा उल्लेख गरेको जनाएको छ।

‘देशमा बिदेशी शक्तिले जातिय र धार्मिक लडाई निम्त्याउन खोजेको हुदा सदियौदेखी सहिष्णु भएर बसेको नेपाली समाजलाई तितरबितर पारेर सामाजिक, धार्मिक, सांस्कृतिक सद्भाव भड्काउन खोज्दापनि सरकार मुकदर्शक बनेर बस्नु कदाचित राम्रो होइन।’ पुर्बकेन्द्रिय सदस्य रामेश्वर थापाले भने, ‘यस्ता कार्य तत्काल रोक्नका लागि अपिल गरेका हौ। शान्तिपूर्ण दबाबलाई तत्काल सरकारले सम्बोधन गरोस भन्ने हामी चाहन्छौ।’ सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए।

बुधबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा पार्टीका केन्द्रिय कार्यसम्पादन समिति सदस्य टंक ढकाल, सहमहामन्त्री रबिन्द्र प्रताप शाह, बागमती प्रदेश संसद धनेश्वरी प्रजापति, केन्द्रिय सदस्य जमुना थापा, पुर्बकेन्द्रिय सदस्य रामेश्वर थापा लगाएतको उपस्थिती रहेको थियो।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट