भक्तपुरमा १७ वर्षीया किशोरी बलात्कृत

काठमाडों, १२ भदौ । भक्तपुरको पलासेमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलामको ईलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती किशोरीलाई सूर्यबिनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, उदयपुरमा ५८ वर्षीया महिला बलात्कृत भएकी छिन् । उनको बलात्कार अभियोगमा जिल्लाको कटारी नगरपालिका–१ बेलसोत बस्ने २५ वर्षीय जयबहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट