भक्तपुर, भदौ ७: राष्ट्रिय प्रजातन्त्र पार्टी मध्यपुर थिमी नगरपालिकाको नगर अधिवेसन सम्पन्न भएको छ। उम्मेदवार सर्वसम्मत हुन नसकेपछि चुनाब भएको हो। मंगलबार २ बजेदेखि भएको चुनाबमा दिउसो नै मतगणना सुरु भइ साँझ ६ बजे मतपरिणाम घोषणा भएको हो। जसमा ३२ मतले सुबास खड्कालाई पराजित गर्दै पन्चकृष्ण श्रेष्ठ बिजयी भएका छन। पन्चकृष्ण श्रेष्ठसहितको १६ सदस्यीय नगर समिति चयन गरेको छ।

पन्चकृष्ण श्रेष्ठको ८४ र सुबास खड्काको ५२ मत रहेको जनाइएको छ। अधिवेसनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामांगले अधिवेसनले पार्टीलाई संगठित र चुस्तदुरुस्त बनाउने बिश्वास लिएको बताए। केन्द्रिय कार्यसम्पादन समितिका सदस्य टंक ढकाल, सह महामन्त्री रबिन्द्र प्रताप शाह, केन्द्रिय सदस्य जमुना थापा र पुर्वकेन्द्रिय सदस्य रामेश्वर थापाले चुनाबमा प्रतिष्पर्धा भएतापनि सबै एकजुट भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिएका छन ।