निजी कलेजमै सामुदयिक कलेज सो सरह शुल्क

काठमाडौँ: आलोकनगरमा निजी कलेजमै सामुदायिक सो सरह शुल्क लिइ पठनपाठन हुदै आएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ आलोकनगरमा अवस्थित सान्त्वना कलेजले निम्न तथा मध्यम बर्गीय परिवारलाई लक्षित गरि कलेज संचालन गर्दै आइरहेको कलेजका प्रमुख प्रो. क्षितिज उपाध्याय ढुंगेलले जानकारी दिएका छन। २० बर्षको इतिहास बोकेको यस कलेजमा विद्यार्थीलाई साधारण शुल्कमा गुणस्तरीय शिक्षा दिइदै आएको उनले प्रष्ट पारे।

बिज्ञान बिषय लिएर पढ्न चाहने तर आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन नसक्ने विद्यार्थीको लागि पनि सान्त्वना कलेज पहिलो रोजाई बन्न सक्छ। कलेजका बिज्ञान बिभाग प्रमुख ई. राजु कटुवालका अनुसार अब आर्थिक अवस्था कमजोर हुदैमा चाहेको बिषय अध्ययन गर्नबाट कोहि पनि बन्चित हुनुनपर्ने बताउछन। सैद्धान्तिक ज्ञान भन्दा व्यवहारिक ज्ञानमा जोड दिदै विद्यार्थीलाई आत्मनिर्भर बनाउने सिप समेत प्राथमिकतामा रहेको उनले बताए।

प्लस टु देखी मास्टर लेभलसम्म पढाई हुदै आएको यस कलेज राजधानी जस्तो व्यस्त स्थानमा भएपनि हरियाली बातावरणमा रहेको छ। कलेजका प्रिन्सिपल मनोज कोइरालाका अनुसार निजी बिद्यालयले लिने शुल्क हाउगुजी मात्र हो । वास्तबमा सामुदायिक बिद्यालयसरह शुल्क लिएर पनि कलेज चलाउन सकिने उनको राय छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट