गणतन्त्र अन्त्य गर्न अब सिटामोलबाट होइन अप्रेसन नै गरेर जरा फाल्नुपर्छ- देउजा

काठमाडौँ: राष्ट्रिय युवा मोर्चा नेपालका अध्यक्ष नगेन्द्र देउजाले गणतन्त्र अन्त्य गर्न अब सिटामोलको औषधीको रुपमा नभई अप्रेसन नै गरेर जरा फाल्नुपर्ने बताएका छन। संघिय गणतन्त्रको नाममा भइरहेको विदेशी हस्तक्षेप र प्रभाव, काण्ड, लुटपाट, धर्म परिवर्तन समाप्त गर्ने प्रमुख लक्ष्य सहित राप्रपा नेपाल अघि बढ्ने उनले प्रष्ट पारे।

उनले भने, ‘अब चुनाबबाट होइन सडकबाट नै राजसंस्था पुनस्थापना, हिन्दु अधिराज्यसहित नेपाली जनताको हरेक मागलाई सम्बोधन गर्न राप्रपा नेपालले सडक संघर्षलाई प्राथमिकतामा राख्छौ । अब २०८४ को चुनाब अगाडी नै यी एजेण्डा सडक संघर्षको माध्यमबाट नै पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ।’

यहि साउन ५ गते शुक्रबार भद्रकाली मन्दीरमा जम्मा भइ राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरूको आयोजनामा भ्रस्ट व्यवस्थाको बिरुद्धमा विरोध प्रदर्शन हुने मोर्चाका अध्यक्ष देउजाले जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

राशिफल

ताजा अपडेट