रामेछाप तेक्वान्दो आइटीएफ जिल्ला संघका खेलाडीलाई रजत र कास्य पदक

रामेछाप: दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगितामा रामेछाप तेक्वान्दो आइटीएफ जिल्ला संघका खेलाडीले रजत पदक र कास्य पदक जित्न सफल भएका छन। साहिल दोङ ब्लु बेल्ट प्यानलतर्फ, तौल (५५-६०) स्पाइरिङ्ग तर्फ मेलिना योञ्जन र स्पाइरिङ्गतर्फ तौल(४०-४४) प्रमिला मगर, तौल (४६-५०) रोहित माझी र तौल (५५-६०) मिलन माझीले कास्य पदक हात पारेका छन।

साहिल दोङ र मेलिना योञ्जन सुनपती एकेडेमीबाट हुन् भने प्रमिला मगर गाल्पा एकेडेमी र रोहित माझी-मिलन माझी मन्थली तामाकोशी बोर्डिंग एकेडेमीबाट हुन् । सुनापती एकेडेमीका अध्यक्ष बाबुराम तामाङ र जिल्ला संघका सचीव एबम सुनापती एकेडेमीका प्रशिक्षक सपूत मोक्तानले खेलाडीहरुलाई हार्दिक बधाई दिएका छन।

सम्बन्धित शीर्षकहरु

राशिफल