आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

प्युठान, १७ वैशाख । आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका–४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

राशिफल