भक्तपुर: बिजयादशमीको अवसरमा यहि असोज २५ गते सोमबार ‘स्पर्श फेसन रनवे’ हुने भएको छ। सैलाजा शाहद्वारा गर्न लागिएको फेसन कार्यक्रम भक्तपुर सल्लाघारीको इम्पेरीयल ब्याङ्क्वेटमा हुने छ। शाह ‘स्पर्श ब्युटी इन्स्टीट्युट’ कि संचालक तथा ‘एसएमए बैंकक’ बाट ‘सर्टीफाइड मेकअप आर्टिस्ट’ हुनुहुन्छ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा लोकप्रिय नेता तथा समाजसेवी रबिन्द्र प्रताप शाह हुनुहुन्छ भने अतिथिको रुपमा कलाकार गौरब पहारी देखापर्नुहुनेछ।
कार्यक्रम ड्रिम सर्च एजेन्सीको सहयोग र शिखर हिमालयन सेक्युरिटीको प्रायोजनमा हुन लागेको हो। आशिष नापितले मोडेलहरुलाई कोरियोग्राफी गर्ने यो कार्यक्रम संचालन गर्न भने सम्पूर्ण जिम्मेवारी लिएर कार्यक्रमका म्यानेजर सन्दिप फसिकव लागि पर्नुभएको छ।