नगेन्द्र देउजा भव्य समूह सहित राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्दै

काठमाडौँ: राजावादी अभियन्ता नगेन्द्र देउजा भव्य समूह लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने तयारीमा जुटेका छन्। राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापना अहिले नेपालमा चलिरहेको मौसमी अभियानबाट सम्भव नरहेको निष्कर्ष निकाल्दै देउजाको समुह राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने अन्तिम तयारीमा जुटेको देउजा निकट श्रोतले जानकारी दिएको छ। देउजा वीर गोर्खालाी अभियानमा आबद्ध थिए। वीर गोर्खाली अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्नुअघि देशका मुख्य मुख्य शहरमा राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको लागि बाइक र्याली गर्दै आएको थियो।

नगेन्द्र देउजाले केहि समय अघि पुर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा भेटेका थिए। पछिल्लो समय भइरहेको राजावादी आन्दोलनका हर्ताकर्ता मध्ये एक मानिने देउजाको पूर्वराजासंगको भेटलगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किने तयारीलाई महत्वका साथ हेरिएको छ।

नगेन्द्र देउजा जस्तै अहिलेको धेरै अभियन्ता राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्किने लहर बढेको छ। राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापनाको एजेन्डा बोकेर व्यवस्था बिरोधि आन्दोलन चलाएका दर्जनौ अभियानले व्यवस्थाको भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टीको बिरोध गर्ने परिपाटी विकास भइरहेको समयमा देउजाको समूह भने राजनीतिक दलबाट मात्र राजसंस्था र हिन्दुराष्ट्र पुनस्थापना सम्भब रहेको भन्दै ठुलो समुह सहित राष्ट्रिय प्रजातन्त्र पार्टीमा फर्कन लागेका छन।

देउजाले राजावादी संगठनभित्र चन्दा असुली र आर्थिक अनियमितताको बिषयको पनि बिरोध गर्दै आएका थिए । राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोक्ने दर्जनौ अभियान राजधानीमा सक्रिय भएतापनि एकले अर्काको अस्तित्व स्विकार्न नसक्ने अवस्थामा छन । देउजाले पटकपटक छरिएर रहेका संगठनबीच एकताको लागि प्रयास गर्दा पनि निजि स्वार्थमा लागेर देशलाई धोका दिइरहेको भन्दै बिरोध गर्दै आएका थिए।

सम्बन्धित शीर्षकहरु

राशिफल